प्रधानमन्त्री शाहसँगको भेटमा अस्ट्रेलियाली प्रधानमन्त्रीले भने- नेपालसँग मिलेर काम गर्छौं

हिमाल प्रेस ९ असोज २०८३ ७:१५ | Friday, September 25, 2026
प्रधानमन्त्री शाहसँगको भेटमा अस्ट्रेलियाली प्रधानमन्त्रीले भने- नेपालसँग मिलेर काम गर्छौं

काठमाडौँ- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली जनताको पुनःस्थापना र दुःखमा अस्ट्रेलिया साथमा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेपछि अल्बानिजले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट प्रभावितप्रति अस्ट्रेलियाको गहिरो सहानुभूति व्यक्त गरेका हुन्।

उनले भेटका क्रममा बाढीबाट प्रभावित नेपालीप्रति अस्ट्रेलियाको गहिरो सहानुभूति व्यक्त गर्नुका साथै हालसम्म अस्ट्रेलियाले उपलब्ध गराएको सहयोगबारे जानकारी गराएको बताएका छन्।

अल्बानिजले बाढीका कारण अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेका छन्।

‘नेपाल विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबाट पुनःउठ्ने क्रममा छ। पुनर्निर्माण र दुःखको यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा छ,’ उनले लेखेका छन्।

उनले नेपाललाई आवश्यक पर्ने स्थानमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले निरन्तर काम गरिरहने बताएका छन्।

प्रकाशित: ९ असोज २०८३ ७:१५ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast