एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

हिमाल प्रेस ४ असोज २०८३ १८:२० | Sunday, September 20, 2026
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ- जापानमा भइरहेको २० औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ।

नेपालले आइतबार क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो। नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अंकले जितेको हो।

नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको थियो। नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग ३–० सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित: ४ असोज २०८३ १८:२० | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast