किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, भने : लोकतन्त्रकै उपहास

हिमाल प्रेस २८ साउन २०८३ ७:५५ | Thursday, August 13, 2026
4
SHARES
किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, भने : लोकतन्त्रकै उपहास

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्। उनले सामाजिक सन्जालमार्फत श्रेष्ठको रिहाइको माग गरेका छन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो।’ उनले भनेका छन्। श्रेष्ठको पक्राउ लोकतन्त्रको उपहास भएको प्रचण्डको भनाइ छ।

जनआस्थाका सम्पादक श्रेष्ठ हिजो बेलुका निवासबाट पक्राउ परेका थिए। उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुर उजुरी परेको थियो।

प्रकाशित: २८ साउन २०८३ ७:५५ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast