काठमाडौँ- पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको छ।
जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई तीन दिन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो। वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा जनआस्थाका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले श्रेष्ठको घर र कार्यालयमा छापा हानेर कम्प्युटर, ल्यापटपलगायतका सामग्री नियन्त्रणमा लिएको बताइएको छ।
प्रकाशित: २८ साउन २०८३ १९:४७ | Thursday, August 13, 2026
प्रतिक्रिया


