किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको आज पेशी, संयुक्त इजलासमा बहस हुँदै

हिमाल प्रेस १ भदौ २०८३ ११:०० | Monday, August 17, 2026
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको आज पेशी, संयुक्त इजलासमा बहस हुँदै

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।

उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालत उपस्थित गराउन आदेश भएको थियो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
प्रकाशित: १ भदौ २०८३ ११:०० | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast