जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा

हिमाल प्रेस २२ असोज २०८३ ७:३९ | Thursday, October 8, 2026
जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा

काठमाडौँ- कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने गरिन्छ।

मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिंगो निकालेर नयाँ लिंगो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए।

प्रकाशित: २२ असोज २०८३ ७:३९ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast