काठमाडौँ- सरकारले यही जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा मुलुकभर सार्वजनिक बिदा दिइने जनाएको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस बमोजिम उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
मन्त्रालयले यस पावन पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूका साथै समस्त नेपाली नागरिकहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।

प्रकाशित: ८ जेठ २०८३ ११:५९ | Friday, May 22, 2026
प्रतिक्रिया




