फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, निजी वा निहित स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने भन्दै प्रा.डा.गोविन्द केसीले सरकारलाई चेतावनी दिएका छन्।
उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै डा.केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरे त्यसको सशक्त प्रतिवाद गरिने बताएका हुन्।
हाल दार्चुलाको व्यास गाउँपालिका-छाङ्ग्रुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका डा.केसीले साउन ११ गते २४औँ सत्याग्रहका क्रममा सरकारसँग भएका सहमति अक्षरशः कार्यान्वयन गर्न पनि माग गरेका छन्।
उनले सरकारले सहमति उल्लंघन गर्दै मेडिकल क्षेत्रमा देखिएका श्रम शोषण, ठगी, आर्थिक अनियमितता र अपराधमाथि कारबाही नगरे वा आवासीय चिकित्सकको निर्वाह भत्ता घटाए स्थगित गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।
केयू उपकुलपति पदका लागि सर्टलिस्टमा दयाराम पोखरेल, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन्। उम्मेदवार निरञ्जन पराजुलीले भने अन्तर्वार्तामा सहभागी नहुने घोषणा गरेका छन्।
यो पनि


