धवलशमशेरले दल दर्ताका लागि दिए निवेदन, गएनन् दुर्गा प्रसाईं

हिमाल प्रेस २९ साउन २०८३ १६:०६ | Friday, August 14, 2026
16
SHARES
धवलशमशेरले दल दर्ताका लागि दिए निवेदन, गएनन् दुर्गा प्रसाईं

काठमाडौँ- धवलशमशेर राणाले आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन्।

७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए। उक्त दलको चुनाव चिह्न त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिह्न राखिने बताइएको छ।

दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसार्इंसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे। आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ छ।

आवश्यक कागजात तथा नामहरू मिलाउन समय नपुगेका कारण संयुक्त रुपमा पार्टी दर्ता गर्न नसकिएको उनको भनाइ छ।

उनले दल दर्ताको मिति लामो समयअगाडि नै तय भइसकेकाले बाध्यताका कारण निर्धारित कार्यक्रम अघि बढाइएको जनाए।

प्रकाशित: २९ साउन २०८३ १६:०६ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast