काठमाडौँ- जय नेपाल पार्टीले भोटेकोशी बाढी प्रभावितको राहतका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।
पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठूलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।
निर्वाचन आयोगमा दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा विधिवत् समायोजन भएको छ ।
प्रकाशित: १८ भदौ २०८३ ८:३७ | Thursday, September 3, 2026
प्रतिक्रिया


