‘जय नेपाल पार्टी’ ले राजसंस्था र हिन्दु राज्यको पक्षमा हस्ताक्षर संकलन गर्ने

हिमाल प्रेस ४ भदौ २०८३ १९:०१ | Thursday, August 20, 2026
4
SHARES
‘जय नेपाल पार्टी’ ले राजसंस्था र हिन्दु राज्यको पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौँ- धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित ‘जय नेपाल पार्टी’ ले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौँमा बसेको ‘जय नेपाल पार्टी’ को प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संंविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो।

बैठकले गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्यलगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ भने ‘जय नेपाल पार्टी’ सँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई गोलबन्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवलशम्सेर राणाले जानकारी दिए।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ।

त्यस्तै भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने गरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने अध्यक्ष राणाले बताए।

प्रकाशित: ४ भदौ २०८३ १९:०१ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast