काठमाडौँ- धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले स्थानीय तहमा संगठन निर्माण आरम्भ गरेको छ । यसै क्रममा कुम्मायकमा गाउँ कार्यसमिति र वडा कार्यसमिति गठन गरेको छ।
पार्टीका वरिष्ठ सदस्य प्रवीण भण्डारीको अध्यक्षता र केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुनसुन्दर लावतीको उपस्थितिमा सोमबार बसेको भेलाले सभापति चन्द्रबहादुर लावतीको नेतृत्वमा २१ सदस्य कुम्मायक गाउँ कार्यसमिति निर्माण गरेको छ।
कार्यसमितिका उपसभापतिहरू ऋतुवर्ण सम्वाहाम्फे र देशपाल लावतीलाई चयन गरिएको छ भने सचिवको जिम्मेवारी राम कुमार लावतीलाई दिइएको छ ।
कुम्मायक वडा नं १ मा श्याम लाल चाम्लिङ सभापति रहने गरी १५ सदस्य वडा कार्यसमिति गठन गरिएको छ। कुम्मायक गाउँपालिकाका बाँकी वडा तथा टोलहरूमा संगठन निर्माण गर्न समितिहरू गठन गरि जिम्मेवारी तोकिएको, कुम्मायक गाउँ कार्यसमितिका सचिव राम कुमार लावतीले बताए।



