दुर्गा प्रसाईलाई तत्काल रिहाइ गर्न धवलशमशेरको आग्रह

हिमाल प्रेस १८ साउन २०८३ ९:५४ | Monday, August 3, 2026
30
SHARES
दुर्गा प्रसाईलाई तत्काल रिहाइ गर्न धवलशमशेरको आग्रह

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वनेता एवं प्रस्तावित जय नेपाल पार्टीका नेता धवलशमशेर राणाले दुर्गा प्रसाईलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। कसैले अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु निन्दनीय भएको भन्दै राणाले रिहाइको माग गरेका हुन्। राप्रपा छाडेका राणा र प्रसाई मिलेर नयाँ राष्ट्रवादी बनाउने तयारीमा छन्। उनीहरू पार्टीको गृहकार्यमा रहेका बेला प्रहरीले प्रसाईलाई पक्राउ गरेको हो।

राजा र हिन्दु राष्ट्रलाई मुल मुद्दा बनाएर नयाँ पार्टी बनाउने तयारीमा राणा–प्रसाई छन्। यही तयारीका लागि प्रसाईले अब राजसंस्था फर्काउनेगरी आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। प्रहरीले उनले दिएको अभिव्यक्तिकै आधारमा पक्राउ गरेको राणाको ठहर छ।

‘विविध आस्था, धर्म, संस्कृति, परम्पराबीचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको मौलिक चरित्र हो । सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो । तर पछिल्ला दिन देशका केही भूभागमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिबाट हामी सबै चिन्तित छौं,’ राणाले भनेका छन्,‘यस संवेदनशील घडीमा नागरिकको जिउधन सुरक्षाको प्रत्याभूति माग गर्नु, दिगो शान्तिको अपेक्षा राख्नु, सरकारको जवाफेहिताका लागि पहरेदारी गर्नु नागरिकको कर्तव्य हो ।

यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ।’

प्रकाशित: १८ साउन २०८३ ९:५४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast