भारतको हिमचालमा पहिरोमा परी १३ जनाको मृत्यु

हिमाल प्रेस ८ साउन २०८३ २०:४१ | Friday, July 24, 2026
भारतको हिमचालमा पहिरोमा परी १३ जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- भारतको हिमाचल प्रदेशको पाङ्गी र लाहुल–स्पीति जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा शुक्रबार गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्खुले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएका छन्।

उनले लेखेका छन्,‘एउटा टाटा सुमो गाडीमाथि ढुंगा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु र दुई जनाको घाइते भएको खबर सुनेर अत्यन्तै दुःखी भएको छु।’

उनले घाइतेहरुको उपचारका लागि निर्देशन दिएको बताएका छन्।

प्रकाशित: ८ साउन २०८३ २०:४१ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast