पाेखरामा स्कुटर दुर्घटना, दुई युवककाे मृत्यु

हिमाल प्रेस २७ कार्तिक २०८३ १८:४८ | Friday, November 13, 2026
पाेखरामा स्कुटर दुर्घटना, दुई युवककाे मृत्यु

पाेखरा- पाेखरामा स्कुटर दुर्घटना हुँदा दुई जना युवककाे मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजे पाेखरा ५ जिरो किमीस्थित लु ३ च ५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७ १६ नं. को स्कुटर ठाेक्किएकाे थियाे।

ठक्करबाट स्कुटर चालक म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ का वर्ष २६ का माेहन परियार र स्कुटर पछाडि सवार म्याग्दीकाे मंगलाका वर्ष २१ का विवेक दर्जी गम्भीर घाइते भई उपचारको लागि अस्पताल पठाएकोमा दुवै जनाको चिकित्सकद्वारा मृत्यु घोषणा गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १८:४८ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast