मिस नेपालको दौडमा दीपमाला, भोट गर्न आग्रह

हिमाल प्रेस ४ साउन २०८३ १४:२० | Monday, July 20, 2026
22
SHARES
मिस नेपालको दौडमा दीपमाला, भोट गर्न आग्रह

काठमाडौँ- ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले साउन १६ गते पुल्चोकस्थित द प्लाजा मा आयोजना हुँदैछ। यस वर्षको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीबीच ताजका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा हङकङबाट सहभागी भएकी दीपमाला ढकाल बलियो दाबेदारका रूपमा हेरिएकी छन्। ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२५’ की विजेता समेत रहेकी उनले विभिन्न सबटाइटल राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै आएकी छन्।

यसैबीच, उनले ‘पपुलर च्वाइस’ उपाधिका लागि आफूलाई भोट गर्न समर्थकसँग अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्,‘पपुलर च्वाइसको भोटिङ खुलिसकेको छ। तपाईंको एक भोटले मनपर्ने प्रतिस्पर्धीलाई सिधै टप-१३ मा पुर्‍याउन सक्छ।’ प्रतियोगितामा उनको प्रतिस्पर्धी नम्बर १७ रहेको छ।

मिस नेपालको तयारीका लागि उनी विगत चारदेखि पाँच महिनादेखि नेपालमै रहेर प्रशिक्षण लिइरहेकी छन्। ‘फाइनान्स एन्ड इकोनोमिक्स’ विषयमा स्नातक गरेकी दीपमालाले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा समेत काम गरिसकेकी छन्।

तर, आमाको अधुरो सपना पूरा गर्ने लक्ष्यसहित उनले ब्ल्याकरकको जागिर छोडेर मिस नेपालको यात्रा रोजिन्। उनकी आमाले सन् १९९४ को मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

सौन्दर्य प्रतियोगितासँगै दीपमाला खेलकुदमा पनि सक्रिय छिन्। उनी तेक्वान्दो खेलाडी हुनुका साथै म्याराथन धाविका समेत हुन्।

अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला

  भिडियो अन्तर्वार्ता

प्रकाशित: ४ साउन २०८३ १४:२० | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast