किन सूचना टाँसेर स्थगित गरियो प्रतिनिधिसभा बैठक?

हिमाल प्रेस १० असार २०८३ १७:४२ | Wednesday, June 24, 2026
किन सूचना टाँसेर स्थगित गरियो प्रतिनिधिसभा बैठक? संघीय प्रतिनिधिसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएको हो। बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको थियो।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख छ। प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख डोलप्रसाद अर्यालले असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरेका छन्।

चितवनमा जारी रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।

प्रकाशित: १० असार २०८३ १७:४२ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast