रवि र मोदी भेटवार्ता

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : मोदी

हिमाल प्रेस २० जेठ २०८३ १४:२४ | Wednesday, June 3, 2026
8
SHARES
नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : मोदी

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।

मोदीले उक्त भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई हार्दिक स्वागत र पूर्ण समर्थन गरेको बताएका छन्।

उनले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतका लागि प्राथमिक साझेदार राष्ट्र भएको पनि बताए।

प्रधानमन्त्री मोदीको भनाइमा दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक छ।

प्रधानमन्त्री मोदीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने तपाईंको आकांक्षालाई म स्वागत गर्दछु र पूर्ण रूपमा सहमत छु। हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार हो र हामी नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशिष्ट तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन सहकार्य गर्न उत्सुक छौं।’

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको हो।

उक्त प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

तस्बिर प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट

प्रकाशित: २० जेठ २०८३ १४:२४ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast