काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको १०१औँ सिनेट बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेको छ।
मंगलबार सम्पन्न सिनेट बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो।
गठित सर्च कमिटीमा काठमाडौँ विश्वविद्यालयका बोर्ड अफ ट्रस्टी तथा संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्यका रूपमा रहेका छन्।
सिनेटको निर्णयअनुसार उक्त कमिटीले उपकुलपति पदका लागि योग्य व्यक्तिहरूको खोज, मूल्यांकन तथा छनोट गरी नाम सिफारिस गर्नेछ।
प्रकाशित: १९ जेठ २०८३ १६:३४ | Tuesday, June 2, 2026
प्रतिक्रिया




