दमकमा बोराभित्र पोको पारिएको शवको खुल्यो पहिचान

हिमाल प्रेस १८ जेठ २०८३ ७:११ | Monday, June 1, 2026
12
SHARES
दमकमा बोराभित्र पोको पारिएको शवको खुल्यो पहिचान

काठमाडौँ- झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा शङ्कास्पद रूपमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको प्रहरीले पुष्टि गरेको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काका अनुसार, जेठ १६ गते दमक नगरपालिका वडा नं १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि सेतो प्लास्टिकको बोरामा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। २–३ दिन अगाडि देखि नै पानीमा रहेको शव पूर्ण रूपमा ढाडिएको र स्वरूप बिग्रिएको कारण तत्काल नामथर र वतन खुल्न सकेको थिएन।

रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी ती महिलाको उमेर सुरुमा अन्दाजी ३०-३२ वर्ष जस्तो अनुमान प्रहरीले गरेको थियो। इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान सुरु गरे पनि मृतकको पहिचान नहुँदा अनुसन्धान कार्य जटिल बनेको थियो।

प्रकाशित: १८ जेठ २०८३ ७:११ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast