भारत लागे रवि लामिछाने

हिमाल प्रेस ६ कार्तिक २०८३ ८:३० | Friday, October 23, 2026
12
SHARES
भारत लागे रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् ।

लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका हुन् ।

लामिछानेको निजी सचिवालयका अनुसार आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।

निजी तथा पारिवारिक तीर्थाटन सम्पन्न गरी लामिछाने स्वदेश फर्किनेछन् ।

प्रकाशित: ६ कार्तिक २०८३ ८:३० | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast