किन भारत भ्रमणमा आज जाँदैछन् रवि लामिछाने?

हिमाल प्रेस ६ कार्तिक २०८३ ६:५७ | Friday, October 23, 2026
6
SHARES
किन भारत भ्रमणमा आज जाँदैछन् रवि लामिछाने?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् ।

उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ कार्तिक २०८३ ६:५७ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast