प्रहरीको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति

हिमाल प्रेस १ असार २०८३ १२:१५ | Monday, June 15, 2026
14
SHARES
प्रहरीको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाएका हुन् ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उनले सभामुखबाट सो अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेको बताए।

त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति उनले विरोध जनाए। माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो। देशभक्त युवाहरूलाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न उनले माग गरे।

प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे।

पीडित चालकलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत उनले माग गरे। सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुङ्गा प्रहार गर्ने जस्ता उश्रृृङ्खल गतिविधि भइरहेको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महशुस गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरे। प्रहरी देख्दा नागरिकले सुरक्षा र शान्तिको महसुस गर्ने वातावरण सिर्जना गर्न र लोकतन्त्रको ग्यारेन्टी गर्न सांसद राईले सरकारसँग जोडदार माग गरे।

प्रकाशित: १ असार २०८३ १२:१५ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast