सुदन किराँती श्रम संस्कृतिमा प्रवेश

हिमाल प्रेस २५ वैशाख २०८३ १९:३१ | Friday, May 8, 2026
12
SHARES
सुदन किराँती श्रम संस्कृतिमा प्रवेश

काठमाडौँ- पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पार्टीको सदस्यता पत्र प्रदान गरेर किराँतीलाई पार्टी प्रवेश गराएका हुन्।

श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि नेता किराँतीले परिवर्तनकारीहरु एकै ठाँउमा आउन जनताको जाहना र वर्तमानको जिम्मेवारीबोध गरेर आफू श्रम संस्कृतिमा आएको बताए।

उनले एकताले एउटा कोसैढुङ्गा साबित गरेको र बाँकी आफूहरुको व्यवहार र प्रतिबद्धताले देखाउने धारणा राखे। किराँतीले विगतमा भएका कमीकमजोरी सच्चाउँदै देश र जनताप्रति थप उत्तरदायी भएर काम गर्ने समेत बताए। यसअघि विभिन्न पार्टीमा रहँदा आफूहरु कसैको कारिन्दाका रुपमा मात्र बस्नुपरेकाले गन्तव्यमा पुग्न नसकेको उनको भनाइ छ।

किराँतीलाई पार्टी प्रवेश गराउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले देशका लागि सच्चा भावनाका साथ काम गर्ने पार्टी आफूहरुको मात्रै भएको बताए। पार्टीमा धेरै भन्दा धेरै युवाहरुलाई जोड्दै देश बनाउने अभियानमा लाग्ने उनको भनाइ छ। उनले श्रम संस्कृति कुनै व्यक्तिका लागि नै जनताका लागि निर्माण भएको भन्दै जनताको पक्षमा सशक्त रुपमा लाग्ने प्रतिबद्धता जनाए।

माओवादीमा रहेका किराँती पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए। किराँतीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको हैसियत दिइने बताइएको छ।

प्रकाशित: २५ वैशाख २०८३ १९:३१ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast