पार्टी फेरिरहने सुदन किराती श्रम संस्कृतिमा जोडिए, के जिम्मेवारी पाए?

हिमाल प्रेस २५ वैशाख २०८३ ८:०० | Friday, May 8, 2026
18
SHARES
पार्टी फेरिरहने सुदन किराती श्रम संस्कृतिमा जोडिए, के जिम्मेवारी पाए?

काठमाडौँ- तत्काली नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष मण्डल सदस्य भएका पूर्व पर्यटनमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जोडिएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र किरातीबीच एकता सहमति बिहीबार राति ललितपुरमा भएको थियो। आज ३ बजे उनीहरूले काठमाडौँको बागबजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन्।

उनले वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन्। श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरू पनि पाउने सहमति भएको किराती पक्षको भनाइ छ।

भोजपुरका सुदन जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरूले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए।

फागुन २१ गतेको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए। उनले चुनावमा आफ्नो पार्टी प्रलोपालाई नभई श्रम संस्कृतिको पक्षमा मत मागेका थिए।

प्रकाशित: २५ वैशाख २०८३ ८:०० | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast