कार्यकर्तालाई सुदन किरातीको अनुरोध : पार्टीविरुद्ध घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने काम भइरहेका छन्, सुरक्षित अघि बढ्नुपर्छ

हिमाल प्रेस ३० साउन २०८३ ८:४२ | Saturday, August 15, 2026
10
SHARES
कार्यकर्तालाई सुदन किरातीको अनुरोध : पार्टीविरुद्ध घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने काम भइरहेका छन्, सुरक्षित अघि बढ्नुपर्छ

काठमाडौँ- पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र नेता सुदन किरातीबीच सम्बन्ध बिग्रिएको हल्ला फैलिएको छ। उनीहरूबीच छोटो समयमै सम्बन्ध बिग्रिएको हल्लापछि नेता किरातीले यस्ता हल्लाबाट सचेत हुनुपर्ने बताएका छन्। उनले नेताहरूबीच खेल्ने, द्वन्दव गराउने र स्वार्थको रोटी सेकाउने नेपाली राजनीतिको एउटा खतरनाक पुरानो प्रवृत्ति भएको बताएका छन्।

‘हाम्रो पार्टीमा यो प्रवृत्तिले कुनै स्थान पाउनु हुँदैन । एक जीवन्त र सृजनशील पार्टीमा आ–आफ्ना मत, दृष्टिकोण र बहस हुनु स्वभाविक हो तर फरक मतलाई व्यक्तिगत स्वार्थ, गुटगत खेल र पार्टी कमजोर पार्ने हतियार बन्न दिनु हुँदैन भन्नेमा हामी सचेत छौं ।’ उनले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको विरुद्ध घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेका छन् । त्यसैले हामी अझ बढी सचेत र एकताबद्ध बन्न जरुरी छ ।

यस्तो बेला हाम्रो मूल कार्यभार भ्रम चिर्ने, घेरा तोड्ने र पार्टीलाई सुरक्षित अघि बढाउने हुन्छ।’ किराती केही समयअघि मात्रै प्रगतिशिल लोकतान्त्रिक पार्टी छाडेर श्रम संस्कृतिमा प्रवेश गरेका थिए।

 

प्रकाशित: ३० साउन २०८३ ८:४२ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast