सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको उर्दी

हिमाल प्रेस १२ जेठ २०८३ १३:४२ | Tuesday, May 26, 2026
4
SHARES
सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको उर्दी

काठमाडौँ- श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

पार्टीको कोशी प्रदेश (प्रदेश नं १) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न भनिएको हो।

प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्यरूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ।

प्रकाशित: १२ जेठ २०८३ १३:४२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast