काठमाडौँ- सुकुम्बासी एवं अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ।
देश गरीबको पनि हो भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
सुकुम्बासी एवं अव्यवस्थित बसोबासप्रति राज्यले निर्मम ढंगले दमन गरेको श्रम संस्कृति पार्टीको भनाइ छ।
प्रदर्शनमा सहभागीहरुले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर, मानवअधिकारका लागि एक हौँ, कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हैन र?, भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कुनै विकल्प र व्यवस्थापन नै नगरी सुकुम्बासी एवं अव्यवस्थित बसोबासमाथि दमन गरेर राज्यले निरंकुश शैली देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए।
प्रकाशित: २६ वैशाख २०८३ १७:१० | Saturday, May 9, 2026
प्रतिक्रिया



