बजेट तयारी : मन्त्री सांसदबीच छलफल गराउँदै रास्वपा

हिमाल प्रेस २३ वैशाख २०८३ १०:२८ | Wednesday, May 6, 2026
10
SHARES
बजेट तयारी : मन्त्री सांसदबीच छलफल गराउँदै रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदबीच प्रत्यक्ष छलफल गर्ने कार्यक्रमअन्तर्गत आज पूर्वबजेट छलफल आज गर्दैछ।  पार्टीका प्रवक्ता मनीष झाका अनुसार आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन गर्ने उद्देश्यले छलफल गर्न लागिएको हो।

आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा हुने उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको सहभागिता रहनेछ।

सांसदहरूले बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन, विकास निर्माण तथा समसामयिक आर्थिक चुनौतीबारे आफ्ना धारणा राख्नेछन्। प्राप्त सुझावलाई आगामी बजेट निर्माण प्रक्रियामा समेट्ने पार्टीको योजना रहेको प्रवक्ता झाले बताए।

प्रकाशित: २३ वैशाख २०८३ १०:२८ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast