एनसेलद्वारा आइफोन १८ का ग्राहकका लागि विशेष प्याकेज सार्वजनिक

हिमाल प्रेस १५ असोज २०८३ २०:५३ | Thursday, October 1, 2026
एनसेलद्वारा आइफोन १८ का ग्राहकका लागि विशेष प्याकेज सार्वजनिक

काठमाडौँ- एनसेलले नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै नयाँ आइफोन खरिदकर्ताका लागि आकर्षक बन्डल अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत आइफोन १८ प्रो, आइफोन प्रोम्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकलाई एनसेलले विशेष सुविधा प्रदान गर्ने भएको छ।

यो अफर पुराना एनसेल प्रयोगकर्ताका साथै नयाँ एनसेल सिम लिने ग्राहकहरुका लागि समेत लागू हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट उपलब्ध हुने ओटीटी प्लेटफर्म ‘लायन्सगेट’ को निःशुल्क सब्सक्रिप्सन प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार आइफोन १८ प्रो र आइफोन प्रो म्याक्स खरिद गर्ने सुरुका दुई सय जना ग्राहकले यी सुविधाहरु तीन महिनासम्म निःशुल्क पाउनेछन्। त्यस्तै आइफोन डुओ खरिद गर्ने पहिलो सय जना ग्राहकले ६ महिनासम्म विना कुनै अतिरिक्त शुल्क यो सुविधा उपभोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्टसँगको साझेदारीमा ग्राहकलाई उत्कृष्ट सेवा र डिजिटल जीवनशैली जोड्ने अफर ल्याउन पाउँदा खुसी व्यक्त गरे। प्रिमियर डिभाइसका साथै भरपर्दो सञ्चार र मनोरञ्जन सेवा प्रदान गरी ग्राहकको अनुभवलाई अझ सहज बनाउने प्रतिबद्धता उनले जनाएका छन्।

प्रकाशित: १५ असोज २०८३ २०:५३ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast