डिस्चार्ज भए ओली

हिमाल प्रेस ५ वैशाख २०८३ २०:३६ | Saturday, April 18, 2026
20
SHARES
डिस्चार्ज भए ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

अध्यक्ष ओली शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन्।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले उनलाई चैत १४ गते पक्राउ गरेको थियो।

पक्राउ परेसँगै उनलाई स्वास्थ्य अवस्थाका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो। ओलीले अस्पतालबाटै अदालतलाई भर्चुअल माध्यमबाट बयान दिएका थिए।

सर्वोच्चको परमादेशअनुसार उनी चैत २६ गते हाजरी जमानीमा रिहा भएका थिए। तर पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अस्पतालमै बसेका थिए।

चैत ३० गते ओलीको पित्तको पत्थरीसम्बन्धी शल्यक्रिया भएको थियो। स्वास्थ्यमा सुधार आएपछि ओलीलाई डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८३ २०:३६ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast