उम्मेद्वारी दर्ताका ओली झापा जाँदै, जेनजी आन्दोलनमा जलेको दमकको निवास पनि हेर्ने

हिमाल प्रेस ५ माघ २०८२ ७:३० | Monday, January 19, 2026
16
SHARES
उम्मेद्वारी दर्ताका ओली झापा जाँदै, जेनजी आन्दोलनमा जलेको दमकको निवास पनि हेर्ने जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी गरिएको घर निरीक्षण गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज बिहान १० : २५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।

पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्।

आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए। अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।

प्रकाशित: ५ माघ २०८२ ७:३० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast