शिक्षा सुधार, शिक्षकका माग र शिक्षा ऐनबारे यसो भन्छन् शिक्षामन्त्री डा.महावीर पुन

हिमाल प्रेस १० असोज २०८२ १४:४४ | Friday, September 26, 2025
12
SHARES
शिक्षा सुधार, शिक्षकका माग र शिक्षा ऐनबारे यसो भन्छन् शिक्षामन्त्री डा.महावीर पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले अहिलेको राजनीतिक परिस्थितिमा शिक्षा ऐन पारित हुने सम्भावना नरहे पनि सुधारका काम तत्कालै अघि बढाउन सकिने बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री पुनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि संवाद र सुधार आवश्यक रहेको बताए।

उनले नेपाल शिक्षक महासंघप्रति इङ्गित गर्दै शिक्षा सुधारको जिम्मेवारी महसुस गर्न आग्रह गरे। मन्त्री पुनको भनाइ छ,‘नेपाल शिक्षक महासंघले शिक्षा सुधारका लागि काम गर्नुपर्छ। उसको जिम्मेवारीको काम त गर्नुपर्यो। अहिलेको स्थितिमा शिक्षा ऐन आउँदैन तर शिक्षा सुधारका काम त गर्न सकिन्छ नि। शिक्षकको माग शिक्षा ऐन हो। वर्तमान सरकारले त्यसमा हात हाल्दैन। केही छलफल गर्न सकिन्छ। शिक्षकका माग अनुसार ऐन बनाउन अहिले संसद् छैन। मैले हस्ताक्षर गर्दैमा शिक्षा ऐन पारित हुने हो र? होइन नि।’

त्यस्तै, उनले विद्यालय शिक्षा सुधारको जिम्मा संघीय सरकारको मात्र नभई स्थानीय तहको पनि रहेको बताए। ‘शिक्षा मन्त्रालयले मात्रै सबैको हातमा कम्युटर पुर्याउने होइन। विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारको हातमा गएको छ। स्थानीय सरकारको जिम्मेवारी हो। संघीय सरकारले शिक्षक दरबन्दीमा सहयोग गरिरहेको छ। म मन्त्रीको कुर्सीमा बसेर सबै विद्यालयको शैक्षिक सुधार गर्छु भनेर कराउनु हुँदैन।’

उच्च शिक्षा सुधारको सन्दर्भमा मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरूमा व्यवहारिक शिक्षा अभाव रहेको बताए। ‘त्रिभुवन विश्वविद्यालय मात्र होइन हाम्रा जति पनि विश्वविद्यालय छन् त्यहाँ सैद्धान्तिक कुरा मात्र पढाइ हुन्छ। सैद्धान्तिक कुराले मात्र पुग्दैन। व्यवहारिक कुरा पनि चाहिन्छ। विश्वविद्यालय सुधार गर्नुपर्छ। कुलपति प्रधानमन्त्री हुने नियम हटाउनुपर्छ।’

प्रकाशित: १० असोज २०८२ १४:४४ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast