संविधान अपुरो र अधुरो छ : पूर्ण बस्नेत

हिमाल प्रेस ९ चैत २०८१ ९:००
34
SHARES
संविधान अपुरो र अधुरो छ : पूर्ण बस्नेत

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकको संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, जनताबाट निर्वाचित समानुपातिक समावेसी संसद, सामर्थ्य र पहिचानमा आधारित राज्यको पुनर्संरचना गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ।

‘नेपालको संविधान अपुरो र अधुरो छ। जसपा नेपाल संविधान पुनर्लेखन वा संशोधनरपरिमार्जन गरी मुलुकमा बसोबास गर्ने सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने संविधान बनाउन चाहन्छ।’ बस्नेतले भने।

मुलुकमा स्थिरता, सुशासन, प्रादेशिक स्वायत्तता र संविधानलाई जनपक्षीय बनाउन संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ९ चैत २०८१ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast