उच्च मनोबल राखेर एसईई सफल बनाउन विद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह

हिमाल प्रेस ५ चैत २०८१ १७:३८
78
SHARES
उच्च मनोबल राखेर एसईई सफल बनाउन विद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डर र त्रासमा नपरी, आत्मविश्वासका साथ माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन विद्यार्थीहरूलाई आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा बोल्दै मन्त्री भट्टराईले भनिन्,‘परीक्षा एउटा प्रक्रिया हो जहाँ मूल्यांकन तपाईंले आफैँलाई गर्नु हो। त्यसकारण, अधीक त्रासमा नपरी, तपाईंको मनोबल उच्च राख्नु महत्त्वपूर्ण छ। म विश्वास गर्छु, यसले विद्यार्थीहरूको प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ।’

मन्त्री भट्टराईले एसईई व्यवस्थापनमा थप सुधारका लागि ध्यान दिनुपर्ने पनि बताइन्। उनले मधेश प्रदेशमा परीक्षा सञ्चालनसँग सम्बन्धित केही समस्याबारे जानकारी भएपछि सोमबार भर्चुअल माध्यमबाट त्यहाँका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखसँग कुरा गरेको र यसलाई संघीयताभित्रको जिम्मेवारीका रूपमा मान्दै प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरेको बताइन्।

मन्त्री भट्टराईले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग पनि एसईई व्यवस्थापनबारे छलफल भएको बताइन्। ‘अब एसईई प्रदेशमा हस्तान्तरण गर्ने नीति ल्याइरहेका छौं। यसका लागि तीन तहका सरकार बीचमा सही समन्वय र सहकार्य गरेर यो प्रक्रिया व्यवस्थित र गुणस्तरीय बनाउनुपर्नेछ,’ मन्त्री भट्टराईले भनिन्।

एसईई ७ चैतदेखि १९ चैतसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा सञ्चालन हुनेछ।

प्रकाशित: ५ चैत २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast