अर्थ समितिबाट राष्ट्र बैंक ऐनसम्बन्धी प्रतिवेदन पारित

हिमाल प्रेस ३१ भदौ २०८३ १५:३४ | Wednesday, September 16, 2026
अर्थ समितिबाट राष्ट्र बैंक ऐनसम्बन्धी प्रतिवेदन पारित

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।

विधेयकमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल पाँच वर्षबाट घटाई तीन वर्ष बनाउनुका साथै कार्यसम्पादनका आधारमा दुई वर्षको लागि पुनःनियुक्ति गर्न सकिने व्यवस्था गरिएको छ भने वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी वा त्यस्तो पदबाट अवकाश भई दुई वर्ष व्यतीत नभइ सञ्चालक सदस्य बन्न नपाउने गरी कुलिङ पिरियड राखिएको छ।

समिति सभापति बुढाथोकीले विधेयकमाथि आफ्ना थप धारणा वा संशोधनलाई अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सकिने व्यवस्था रहेको जानकारी दिए।

ऐन संशोधनसँगै देशले आर्थिक रूपमा फड्को मार्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्व छनोटको संरचनागत विधि र कार्यसम्पादन प्रक्रियामा सुधार ल्याउन खोजिएको उनले बताए।

प्रकाशित: ३१ भदौ २०८३ १५:३४ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast