किन उपेन्द्रले एक दिनअघि सारे जसपा नेपालको केन्द्रीय समिति बैठक?

हिमाल प्रेस २८ माघ २०८१ ८:४५
28
SHARES
किन उपेन्द्रले एक दिनअघि सारे जसपा नेपालको केन्द्रीय समिति बैठक? जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ ।

यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपा नेपालले यसअघि फागुन १९, २० र २१ का लागि बैठक राखेको थियो। तर एकदिन अघि सार्दै फागुन १८ बाट सुरु हुने कार्यसूची तय गरेको छ। बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजना लगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए।

प्रकाशित: २८ माघ २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast