पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू कास्की जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेसहितको थुनछेक बहस सकिएसँगै आदेश आउने भएपछि नेताहरू कास्की पुगेका हुन्।
कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने कास्की प्रहरी हिरासतमा छन्। अहिले रास्वपाका कार्यवाहकसभापति डीपी अर्याल, कार्यवाहक मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकालसहितका नेताहरू कास्की अदालत पुगेका हुन्।
कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन्। कास्की अदालतमा अहिले आदेश लेखनको काम भइरहेको छ।
आजै आदेश आउने सम्भावना भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेर कास्की लगेयता कास्की प्रहरीकै हिरासतमा छन्।