रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा २७ लाख बढी सहयोग गर्ने 

हिमाल प्रेस २९ भदौ २०८३ १७:३८ | Monday, September 14, 2026
रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा २७ लाख बढी सहयोग गर्ने  रास्वपा सांसदहरू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप जनही १५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूका तर्फबाट थप रकम योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो।

सदस्यहरूले न्यूनतम १५ हजार रुपैयाँका दरले सहयोग गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने उनले बताए।

यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ।

उक्त योगदानमा संसदीय दलका सदस्यहरूको मासिक लेवीबाट पार्टीमा कट्टा हुने रकमसमेत समावेश गरिएको बुर्लाकोटीले उल्लेख गरेका छन्।

त्यसबाहेक संसदीय दलका केही सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन्। ती रकमसमेत जोडिँदा राहत कोषमा थप योगदान पुग्ने रास्वपाले जनाएको छ।

बुर्लाकोटीले संसदीय दलका सदस्यहरूबाट जम्मा हुने रकम करिब २७ लाख १५ हजार रुपैयाँ हुने जानकारी दिँदै सोहीअनुसार रकम जम्मा गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।

प्रकाशित: २९ भदौ २०८३ १७:३८ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast