‘गौँथली’को कमाइ २६ करोड नजिक, ‘पार्वती’को पनि २ करोड ५ लाख

हिमाल प्रेस ३० भदौ २०८३ ११:४६ | Tuesday, September 15, 2026
‘गौँथली’को कमाइ २६ करोड नजिक, ‘पार्वती’को पनि २ करोड ५ लाख

काठमाडौँ- फिल्म ‘गौँथली’ले बक्स अफिसमा २५ करोड ९३ लाख ७४ हजार ७५०.२० ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मलाई ९ लाख ४० हजार ५६२ जनाले हेरेका छन्।

अर्को फिल्म ‘पार्वती’ ले २ करोड ५ लाख ८५ हजार ५९३.८३ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो अवधिमा फिल्म ७३ हजार २२३ वटा टिकट बिक्री भएको छ । फिल्म अभिनेत्री निता ढुङ्गानाले निर्देशन गरेकी हुन् ।

‘एलिफेन्ट्स इन द फग’ ले भने बक्स अफिसमा ८५ लाख ९५ हजार ९१० ग्रस कलेक्सन मात्र गर्न सफल भएको छ। यो अवधिमा फिल्म २४ हजार ४४८ जनाले हेरेका छन्। फिल्म अभिनाश विक्रम शाहले निर्देशन गरेका हुन्।

प्रकाशित: ३० भदौ २०८३ ११:४६ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast