अझै हलमा चलिरहेको छ ‘गौँथली’, गर्‍यो २५ करोडमाथिको कमाइ, झन्डै १० लाखले हेरे

हिमाल प्रेस ८ भदौ २०८३ १३:१६ | Monday, August 24, 2026
अझै हलमा चलिरहेको छ ‘गौँथली’, गर्‍यो २५ करोडमाथिको कमाइ, झन्डै १० लाखले हेरे

काठमाडौँ-  फिल्म ‘गौँथली’ ले २५ करोडभन्दा बढी कमाएको रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार हालसम्म ‘गौँथली’ ले २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ कमाएको हो।

बोर्डका अनुसार फिल्मका ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्री भएका छन्। बोर्डका अनुसार फिल्म अहिले पनि चलिरहेको छ।  फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ।

डा। भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद डा कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले वितरण गरेका हुन्।

 

प्रकाशित: ८ भदौ २०८३ १३:१६ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast