‘गौँथली’ले कमायो साढे १३ करोड, बन्यो वर्षकै सर्वाधिक कमाउने फिल्म

हिमाल प्रेस १८ साउन २०८३ १२:४५ | Monday, August 3, 2026
6
SHARES
‘गौँथली’ले कमायो साढे १३ करोड, बन्यो वर्षकै सर्वाधिक कमाउने फिल्म

काठमाडौँ- सुपरहिट फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड कमाएको छ। पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाख ४६ हजार ५३५ ग्रस कलेक्स गर्न सफल भएको छ।

फिल्मलाई यस अवधिमा ४ लाख ९४ हजार ११५ जनाले हेरेका छन्। साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले २० करोड बढीको व्यवसाय गर्ने अनुमान गरिएको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका छोरा डा।कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ ।

सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ। अधिकांश शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ। पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ।

कलाकारसहितको टिम अहिले पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ। काठमाडौँ उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका चलचित्र भन्दै तारिफ गरिरहेका छन्।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ। डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

प्रकाशित: १८ साउन २०८३ १२:४५ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast