काठमाडौँ- सुनको मूल्य आज घटेको छ। तिहारपछि खुलेको बजारमा सुनको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो। तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो।
प्रकाशित: २० कार्तिक २०८१ ११:०९
प्रतिक्रिया