काठमाडौँ- सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ हिजो सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो। आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँ बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
प्रकाशित: २३ भदौ २०८३ ११:०७ | Tuesday, September 8, 2026
प्रतिक्रिया


