३४०० ले घट्यो सुनको भाउ

हिमाल प्रेस २२ भदौ २०८३ १०:५४ | Monday, September 7, 2026
३४०० ले घट्यो सुनको भाउ

काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य ३ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार ३ हजार १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ४ हजार ३०० रुपैयाँ थियो। सोमबार पनि चाँदीको मूल्य घटेको छ।

सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ थियो।

प्रकाशित: २२ भदौ २०८३ १०:५४ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast