काठमाडौँ- सुनको मूल्य घटेको छ। सुनको मूल्य ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै बुधबार छापावाल सुनको मूल्य ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार ३ हजार ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँ थियो ।
सोमबार ३ हजार ४०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ थियो भने आइतबार ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ थियो ।
बुधबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ थियो भने सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको थियो । आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ थियो ।


