बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २५ भदौ २०८३ १०:५९ | Thursday, September 10, 2026
बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो ।

 

प्रकाशित: २५ भदौ २०८३ १०:५९ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast