क्यासिनोबाट पाँच नेपालीसहित ६ जना पक्राउ

हिमाल प्रेस २६ भदौ २०८३ ५:४६ | Friday, September 11, 2026
क्यासिनोबाट पाँच नेपालीसहित ६ जना पक्राउ

रुपन्देही- लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा बिहीबार साँझ प्रहरी टोलीले क्यासिनोमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामा म्याग्दीका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदीप आचार्य, रुपन्देहीका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। त्यस्तै क्यासिनोका पिट म्यानेजर भारत हरियाणाका पारस भाटियालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी आवश्यक जाँच तथा कारबाही अघि बढाइएको जानकारी दिए।

प्रकाशित: २६ भदौ २०८३ ५:४६ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast