आरोहणबारे अध्ययन गर्न मनाङको थोरङ हिमचुलीमा विद्यार्थी

हिमाल प्रेस २१ असोज २०८१ ६:५९
14
SHARES
आरोहणबारे अध्ययन गर्न मनाङको थोरङ हिमचुलीमा विद्यार्थी

काठमाडौँ- हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थी मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन्। एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे।

उनीहरूले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ गएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बीएमएस) मा अध्ययनरत विद्यार्थी प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन्।उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्‍यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन्।

प्रत्येक विद्यार्थीले फरकफरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन्। ‘प्लस टु’ पछि पढ्न पाइने बीएमएस अर्थात् ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीले पढाइ सक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ। हाल बीएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन्।

प्रकाशित: २१ असोज २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =