ब्रोड पिक हिमपहिरो : बेपत्ता १० मध्ये दुईको मृत्यु पुष्टि, एक नेपाली पनि मृत

हिमाल प्रेस १५ साउन २०८३ १२:४३ | Friday, July 31, 2026
14
SHARES
ब्रोड पिक हिमपहिरो : बेपत्ता १० मध्ये दुईको मृत्यु पुष्टि, एक नेपाली पनि मृत

काठमाडौँ- पाकिस्तानको ब्रोड पिक हिमालमा बिहीबार हिमपहिरो जाँदा बेपत्ता भएका १० आरोहीमध्ये दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ ‘युक्त’ को शव फेला पारेको छ।

क्लबले इन्स्टाग्राममार्फत जारी गरेको जानकारीमा भनिएको छ,‘नधिराको शव उद्धार गरी हेलिकप्टरमार्फत स्कर्दु लगिँदै छ। युक्तको शव ढुवानीको व्यवस्था पनि भइरहेको छ।’

बेपत्ता हुनेहरूमा चर्चित नेपाली पर्वतारोही तथा एलिट एक्सपेडिसन्सका सञ्चालक निर्मल पुर्जा पनि रहेका छन्।

निर्मल पुर्जाले केही दिनअघि पाकिस्तानकै ग्यासरब्रुम-२ हिमालको सफल आरोहण गरेपछि ब्रोड पिक आरोहण अभियानमा सहभागी भएका थिए।

प्रकाशित: १५ साउन २०८३ १२:४३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast